अडगुरी / अर्घाखाँची ।
गणतान्त्रिक सृजनशिल युवा क्लब द्वारा अडगुरीमा दोस्रो वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने भएको छ ।
पाणिनि गाउँपालिका वडा नं ७ मा क्रियाशील गणतान्त्रिक सृजनशिल युवा क्लबको आयोजनामा संचालन हुने पाणिनि गाँउ पालिका स्तरीय खुल्ला भलिवल प्रतियोगितामा पाणिनी गाउँपालिका वडा नं ७ वडा कार्यालयको आर्थिक सहयोग रहेको छ ।
पाणिनी गाँउ पालिका स्तरिय दोस्रो वडा अध्यक्षकप भलिबल प्रतियोगिता चैत्र १० र ११ गते पाणिनी गाउँपालिका वडा नं ७ अड्गुरीको बुढाखेला मैदानमा गर्न लागिएको हो ।
प्रतियोगितामा सहभागि हुन चाहाने समुहले चैत्र १० गते विहान १० वजे सम्ममा नाम दर्ता गराउन सकिने आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कारः १५००० तथा द्वितीय पुरस्कारः १०,००० रहेको छ भने पाणिनी ७ स्तरिय प्रथम पुरस्कार: ७००० र द्वितीय पुरस्कारः ५,००० रहेको आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्दै राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरका खेलाडी उत्पादनमा सहयोग गर्ने उद्देश्यले आवश्यक वजेट विनियोजन गरिएको पाणिनि गाँउपालिका वडा नं ७ का अध्यक्ष गुनाखर अधिकारले बताएका छन ।