२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

वडा कार्यालयले गर्यो विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अर्घाखाँची ।
जिल्लाको पाणिनि गाउँपालिका वडा न. ६ धातिवाङले आज एक कार्यक्रमका विच वडा भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छनोट भएका ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री अन्तरगत एउटा झोला १ सेट ड्रेसको कपडा, २० वटा कापी, र ५ वटा डटपेन वितरण गरिएको हो ।
वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रम कार्यपालिका सदस्य तारा पौडेलको स्वागत मन्तव्य र वडा सचिव राजन महत्राको सञ्चालनमा सम्पन्न कार्यक्रममा सम्पन्न भएको हो ।

No description available.

कार्यक्रममा स्वास्थ्य चौकी धातिवाङ्गका प्रमुख मित्रदेव पौडेल, अम्मर आधारभुत विद्यालयका प्रधानाध्यापक हिमलाल पौडेल, सुर्योदय आधारभुत विद्यालयका प्रधानाध्यापक घनश्याम पौडेल, सिता आधारभुत विद्यालयका प्रधानाध्यापक राजबहादुर सारु, कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, धातिवाङ्ग माध्यमिक विद्यालयका शिक्षका दुर्गा न्यौपाने पौडेल, शिक्षकहरु सुमन घिमिरे, बसन्ता झाक्री, पाणिनि गाउँपालिका रोजगार संयोजक शालिकराम पाण्डे, वन प्राविधिक तिलक बन्जाडे, जनप्रतिनिधिहरु खगेश्वर पौडेल र हरिप्रसाद पौडेल, नेपाली काग्रेंस वडा कार्यसमितिका का.वा. सभापति लिलापति पौडेल लगायत विद्यार्थीहरु र अभिभावकहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

May be an image of 5 people and text साथै सोही क्रममा सिता आधारभूत विद्यालयमा कार्यरत शिक्षिका बसन्ता झाक्रीले हालै शिक्षक सेवा आयोगबाट प्रकाशित नतिजामा सफल भएकोमा वडा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना समेत व्यक्त गरेको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानाकारि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार