८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

पटौटिका अगुवा किसानलाई वडाले गरायो ३ दिने अवलोकन भ्रमण

शिवराज बेल्वासे / अर्घाखाँची
जिल्लाको पाणिनी गाउँपालिका वडा न. ४ पटौटिको आयोजनामा ३ दिने अगुवा कृषक अवलोकन भ्रमण सम्पन्न भएको छ। वडाले अगुवाइ गर्दै चितवनको अब्लुम फ्लोरा फर्मको नर्सरी, न्यु रत्ननगर एग्रीकलचर पसु फर्म चितवनमा भवानी कृषि तथा पशुपालन फर्म, चितवन , श्री लालिगुरास डेरि फार्म एण्ड रिसर्च सेन्टर, चितवन खैरेनि र कृषी तथा बन बिज्ञान विश्व बिध्यालय चितवनको अबलोकन गराएको हो।

No description available.

पाणिनी गाउपालिकामा सबैभन्दा धेरै दुध उत्पादन गर्दै आएको पाणिनी ४ पटौटीमा कृषकहरुले पुरानै प्रविधी अपनाउदै आएको, बढी दुख पाएर पनि उत्पादन कम भएकोले नयाँ प्रविधी सहित सजिलोसँग दूध उत्पादनमा वृद्धि गर्न यो भ्रमणले सहयोग पुर्याउने पाणिनी ४ का वडा अध्यक्ष हरिप्रसाद घिमिरेले भ्रमणका क्रममा बताएका छन् ।

No description available.

भ्रमणमा पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतम, पाणिनी ४ का वडा अध्यक्ष हरिप्रसाद घिमिरे, कार्यपालिका सद्स्य राधा घिमिरे, वडा सद्स्य हुमकला बि.क. , पाणिनी कृषि शाखा प्रमुख मेघराज पौडेल, पाणिनी गाउँपालिका पसु प्राविधिक कृष्ण प्रसाद घिमिरे, निर्मला पोख्रेल, पाणिनी न्युज प्रतिनिधि सिवराज बेल्वासे सहित ३० जना कृषकहरुको सहभागिता रहेको रहेको थियो।
भ्रमणमा कृषकहरुलाई विभिन्न फर्महरुको साथै स्याङ्जाको मिर्मी, चितवनको सौराहा , सिजि टेम्पल साथै लुम्विनीको पनि भ्रमण गराईएको थियो। भ्रमणमा सहभागिहरले पालिकामा कृषकहरुलाई पनि प्राथमिकता दिएर वडाले केहि सिक्ने अवसर जुराईदिएकोमा आभार ब्यात्त गरेका छन् । यस्तै उनिहरुले आफुले सिकेको र देखेको कुरा आफ्नो ब्यावसायिक दक्षता वृद्धिका लागि लागि प्रयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्याक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार