लक्ष्मी खनाल / १३ चैत २०८०, अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ५ मा अवस्थित शान्ति माध्यमिक विद्यालय बाँगी आरुखोरले हिरक महोत्सवको तयारिबारे जानाकारि दिन पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानाध्यापक मानबहादुर पाण्डेले आगामी बैशाख ३ गते हुने हिरक जयन्तीको लागी विद्यालयले तीब्र रुपले तयारी थालेको र जिल्ला देखि देखि बुटवल र काठमाडौ लगायत देशका विभिन्न ठाउँहरुमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको बताएका थिए । साथै विभिन्न समिति, उप समितिहरु गठन भएको र सबैले आ आफ्नो कार्य चुस्त दुरुस्त र तीव्र गतिमा अगाडी बढाएको कुरा उल्लेख गरेका छन् ।
प्रधानाध्यापक पाण्डेले आगामी दिनहरुमा पनि तयारी अरु तिब्र बनाउँदै लैजाने गरि कार्ययोजना निर्माण भैरहेको बताएका हुन् । कार्यक्रममा विद्यालयले गरेको कार्यहरू र आगामी दिनमा गर्ने कार्यहरूको प्रेस नोट सहितको जानकारी पत्रकारहरुलाई गराउँदै हिरक महोत्सवलाई भव्य र सभ्य रुपले सम्पन्न गर्नको लागी प्रचार प्रसार गरि सहयोग गरिदिन समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा बोल्दै मालारानी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तिलक मिश्रले महोत्सव हिरक जयन्ती भब्य र ऐतिहासिक रुपले सम्पन्न गर्नको लागी आवस्यक पर्ने आर्थिक भौतिक सहयोग जुटाउनको लागी सम्पुर्ण विद्यालय परिवार विद्यालय ब्यवस्थापन समिति र सरोकारवालाहरु लगायत स्थानीय सरकार सधै तत्पर रहेको बताउँदै आफू पनि सोहि अनुसार लागिपरेको कुरा बताएका थिए ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक मानबहादुर पाण्डेको अध्यक्षता, वडा अध्यक्ष तिलक मिश्रको प्रमुख आतिथ्य, शिक्षक माधब पन्थीको संचालन र शिक्षक ताराप्रसाद भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनाल लगायत जिल्लाका क्रियासिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
शान्ति माध्यमिक विद्यालयको हिरक महोत्सवको तयारिबारे जानाकारि दिन पत्रकार सम्मेलन
तपाईको प्रतिक्रिया