८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

पाणिनी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ

पाणिनी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा भए गरेका योजना तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले न्यून बजेटबाट धेरै महत्वाकांक्षा पूरा गर्नु चुनौती रहेको बताउनुभएको छ । पालिकामा अनियमितता हुने गरेका कुनै पनि प्रमाण भए पालिकामा उजुरी दिन र त्यस्तो पाइए कार्वाहीका लागि सिफारिस गर्न आफू तयार रहेको बताउनुभएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जनगुनासाहरुको जवाफ दिदै अध्यक्ष न्यौपानेले अनुगमनलाई तिव्रता दिने कुरामा आफू प्रतिवद्धता ब्याक्त गर्नुभएको छ । सुसासन कायम गर्नु आफ्नो पहिलो दायित्व भएको समेत अध्यक्ष न्यौपानेले बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पाणिनी गाउँपालिकाका पुर्व अध्यक्ष अच्युत गौतमले देशको आमूल परिवर्तनको हिस्सेदार राजनीतिक दल नै भएको बताउनु भएको छ । गौतमले पाणिनिको समग्र बिकासमा सकारात्मक र रचनात्मक सुझाव दिनुपर्ने बताउनुभएको हो । हरेक कुरालाई नकारात्मक रुपमा नलिन समेत गौतमले आग्रह गर्नुभएको छ । काम गर्दा गल्ती हुन सक्ने भन्दै ती गल्तिबाट सिकेर सेवाप्रदायकले पनि आफुलाई थप पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष नर्मदा गौतमले अनुगमन र न्यायीक समितिसङ्ग सम्वन्धित प्रश्नहरूको जवाफ दिदै कामलाई अझ प्रभावकारी बनाउन रचनात्मक सुझावको अपेक्षा गरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले प्रशासनिक झन्झट रहित सेवा प्रवाह र कार्यालय प्रती जनताको बिश्वास बढाउन प्रयत्नशील रहेको बताउनुभएको थियो । साथै न्यौपानेले प्रशासन सङ्ग सम्वन्धित गुनासाहरुको जवाफ समेत दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न शाखागत गुनासाहरुको जवाफ सम्वन्धित शाखा प्रमुखहरुले दिनुभएको थियो । साथै वडागत गुनासाहरुको जवाफ सम्वन्धित वडा अध्यक्षहरुले दिनुभएको थियो ।

कार्यक्रमको सहजीकरण पर्यवरण सचेतन समुहले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार