काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ काे बजेट निर्माण टोली गठन गरेसँगै पछिल्ला दिनहरुमा सिहंदरबारभित्र चहपहल बढ्दो छ । बजेटमा आफ्ना आयोजना तथा कार्यक्रम पारिदिन माग गर्दै स्थानीय तहका जनप्रतिनिधिहरु दौडधुप गरिरहेका छन् ।
यसै बिच आइतबार देखि पाणिनि-६, धातिवाङ्गका जनप्रतिनिधिहरू पनि बजेट माग्न सिंहदरबारमा धाईरहेकन छन् । अहिले सिंहदरबारका हरेक मन्त्रालयमा स्थानीय तहकाे सिफारिस सहित बजेट याेजनाकाे लागत स्टिमेट सहित धातिवाङ्गका जनप्रतिनिधि हातमा निवेदनको फाइल बोकेर संघिय सरकारकाे मन्त्रालयमा पुगेर बजेट मागिरहेका छन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ६ का अध्यक्ष कृष्ण पौडेल, समाजसेवी इन्द्रमणि पाैडेल, वडा सदस्य खगेश्वर पाैडेल सहित धातिवाङ्गकाे प्रतिनिधिमुलक नेतृत्व राष्ट्रिय योजना आयोगको गेटमा हातमा बजेट मागको फाइल बोकेर बसेको भेटिए । बजेट बनिरहेकाले आफूहरु योजना माग गर्न आएको पौडलको भनाइ छ ।
वडा अध्यक्ष पाैडेल भन्छन्, ‘सरकारलाई तीन तहमा संविधानले विभाजन गरिए पनि आर्थिक हिसाबले केन्द्रीय सरकार नै बलियो हुन्छ । बजेटका सबै शीर्षक र आकार केन्द्र सरकारले नै होल्ड गरेको र केन्द्रले नै तोक लगाएर योजना छनोट गर्ने गरेको छ । स्थानीय तहसम्म पठाउने अवस्था विगतमा पनि भएको र यस्तो प्रक्रिया आगामी बजेटमा पनि दोहोरिएला भन्ने हिसाबले समयमै आएर बजेट पार्न खोजेका हौं ।’
वडालाई समृद्ध बनाउँन सबै लागेमा सक्छाैँ, हामी समृद्ध बनाउँछाैँ भन्ने उदेश्यले अगाडि बढेका छाैँ, वडा अध्यक्ष पाैडेलले थप गर्दै भने, `बजेट माग्न संघिय सरकारसँग अनुराेध गर्न काठमाडौंमा आएका छाैँ।´
दिर्घकालिन महत्त्व बाेकेका याेजनाहरूकाे रणनितिक कार्ययोजना बनाई अर्घाखाँचीलाई नै समृद्ध बनाउँनुपर्छ, पुर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ र सामाजिक विकासमा केन्द्रीत हुनुपर्छ सामाजिक क्षेत्रमा क्रियाशील इन्द्रमणि पाैडेलले भने `पहल गरेमा बजेट ल्याउँन धेरै माध्यमहरू छन र पहल गरिरहेका छाैँ।´