२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन । मुख्यमन्त्री चौधरीले आज प्रदेश सभा बैठकमा राजीनामाको घोषणा गरेका हुन ।

योसँगै लुम्बिनी प्रदेशमा रहेका चार राजनीतिक दलले नयाँ समीकरणको आधारमा सरकार बनाउने बनटो खुल्ला भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्यबीच माओवादी केन्द्रका संसदीय दल नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्न समर्थन गर्ने निर्णय भएको छ ।

लुम्बिनी प्रदेश सभामा ८७ सदस्यीय प्रदेश सभा रहेको छ । यहाँ बहुमतका लागि ४४ जना सांसदको समर्थन चाहिन्छ । नयाँ समिकरण अनुसार लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० सभामुखबाहेक, जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार