२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

पाणिनि ७ मा स्थानीय भजन मण्डली समुहलाई बाद्ययबाधनका सामग्री हस्तान्तरण

न्युज संवाददाता / अर्घाखाँची
वडा कार्यालयबाट विनियोजित बजेट अन्तरगत लागत साजेदारिमा साउन्ड सिस्टम, माईक्रोफोन, ढोलक, खैजडी, मजुरा लगायतका सामग्री वडा अध्यक्ष गुनाखर अधिकारिले हस्तान्तरण गर्नुभएको हो । कार्यक्रम भजन मण्डली समुहका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारिले लोक संस्कृति र भाषा कलाको संरक्षणमा वडा कार्यालय सधैव लागिरहने भन्दै हाम्रा मौलिक पहिचानलाई पुस्तान्तरण गर्नेगरि प्राप्त सामग्रीको सदुपयोग गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले वडाको कदमको प्रशंसा गर्दै भाषा तथा संस्कृतिको संरक्षणमा स्थानीय तहले सहयोग गर्न सके मात्र उत्थानमा टेवा पुग्ने बताएका थिए । कार्यक्रममा भजन मण्डलीको तर्फबाट भजन मौलिक भजन समेत प्रतुत गरिएको थियो । कार्यक्रमको भजन मण्डलीका सचिव लक्ष्मण न्यौपानेको संचालनमा भएको थियो ।

कार्यक्रममा वडा सदस्यहरु प्रेम थापा, विन्दु घर्ति, कल्पना विक लगायत स्थानीय सरोकारवाला र सामाजिक ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार