२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

बजार लक्षित बाली उत्पादन तथा बजारिकरण सम्वन्धी एकदिने घुम्ती तालिम अड्गुरिमा सम्पन्न

अर्घाखाँची  । बजार लक्षित बाली उत्पादन तथा बजारिकरण सम्वन्धी एकदिने घुम्ती तालिम आज पाणिनि गाउँपालिकाको वडा न. ७ अड्गुरिको कृषि उपज सङ्कलन तथा बिक्रि केन्द्रको सभाहलमा सम्पन्न भएको छ ।

वडाको स्वीकृत बजेटबाट यसपटक वडाले किसानको उत्पादन बजारसम्म पठाउन सहजीकरण गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोही कार्यक्रम अन्तरगत किसानलाई घुम्ती तालिम प्रदान गर्न शुरु गरेको छ ।

आजको तालिम कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुनाखर अधिकारिले किसानलाई बिसादिमुक्त तरकारी तथा कृषि उत्पादनमा जोड दिन आग्रह गर्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका सदस्य कमल प्रसाद घिमिरेले किसानको उत्पादनले बजार पाउन सकेमात्र उत्पादनमा वृद्धि गर्न सकिने भन्दै वडाले बजारीकरणका लागि गरेको प्रयास सराहनिय भएको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु कल्पना बिक, बिन्दु घर्ती , वडा सचिव नन्दा भट्टराई, अड्गुरी कृषि सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसाल लगायतको उपस्थिती रहेको थियो ।  कार्यक्रममा पाणिनि गाउँपालिकाका कृषि शाखा प्रमुख मेघराज पौडेल, कृषि ज्ञान केन्द्रका भिमलाल घिमिरे लगायतले प्रशिक्षण दिनुभएको थियो । अड्गुरी कृषि सहकारीका सचिव लक्ष्मण न्यौपानेले स्वागत गर्नु भएको कार्यक्रमको संचालन कृषि प्राविधिक कृष्ण रिजालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार