१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई जनाको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुई जनाले दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेसको समर्थनमा लक्ष्मणकिशोर चौधरी र नेकपा माओवादी केन्द्र र नेकपा एमालेको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन भने लक्ष्मणकिशोर संरक्षक रेशम चौधरी पक्षमा छन ।

लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका छ र नेकपा एकीकृत समाजवादीका चार जनाको समर्थन रहेको दाबी पेस गरेका छन् । कैलाश चौधरीले पनि आफ्नै दलका छ जना र एकीकृत समाजवादीसमेतको समर्थन आफूलाई रहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार