२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

७५ वर्षीय रामप्रसाद पौडेलको कृषि मोह

अशोक बहादुर टण्डन / अर्घाखाँची
इच्छा शक्ति नै सबैभन्दा ठुलो शक्ति हो । गन्तव्यको बिच बाटोमा हराउनेहरू केवल बहाना मात्रै प्रकट गर्दछन् । जहाँ इच्छा त्यहाँ उपाय । खाने मुखलाई जुँगाले छेक्दैन आदि उखानहरू त्यस्तै जनजिब्रोमा झुन्डिएका होइनन् । आफ्नो रुचि प्रतिको समर्पणले मात्रै मान्छेलाई महान् बनाउने हो । अनि गन्तव्यमा पुर्याउने हो । दृढ इच्छा शक्ति र लगावले मात्रै पहिचान बदल्छ । जीवनमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । नवीनताको रूपमा परिणत हुन्छ ।
अर्घाखाँचीको धातिवाङ बुवा हुनुहुन्छ । नाम हो रामप्रसाद पौडेल । ठेगाना पाणिनी गाउँपालिका -६ धातिवाङ अर्घाखाँची । उमेर ७५ वर्ष । प्रायको ४० वर्षको उमेर पुग्दा नपुग्दै चस्मा खोजी हुन थाल्छ । तर अहिलेसम्म उहाँलाई चस्माको कुनै जरुरत छैन । चस्मा खोजी गर्नु परेको छैन । आँखाका लागि नाकमा चस्मा बसेको छैन । ताजा र तिक्खर छन् आँखाहरू ।
अहिले ७५ बर्ष पुग्दा पनि निरन्तर कृषि गर्नुभएको छ । कृषिमा भएको नयाँ प्रयोगबारे जानकार हुँदै कृषि गर्नुभएको छ । अहिले उहाँको फर्ममा व्यवसायी आलु मौलाएको छ । यसपालिदेखि कृषि शाखाको आलु बीउ उत्पादन कार्यक्रममा अनुदान पाएपछि आलु खेती गर्न प्रोत्साहन भएको उहाँ बताउनुहुन्छ । कृषि गरेर अहिलेसम्म राम्रो आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ ।
May be an image of ivy
हामिले त आफ्नो जीवन धान्न गरेको कृषि अहिले थप व्यवसायीक बनेको छ । अहिले प्रबिधी, बजार र संभावना भएको बेला आयो । यस्तो बेलामा देशमा कृषिमा झनै संभावना भएको उहाँ बताउनुहुन्छ । उहाँले आम युवालाई देशमै बसेर केही गर्न सल्लाह सुझाव दिनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार