२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

भुमिकास्थानका घरवार विहिनका लागि सहयोगमा जुटन रास्वपा अर्घाखाँचीको अनुरोध

अर्घाखाँची ।
जिल्लाको भुमिकास्थान नगरपालिकामा आगलागिका कारण ठुलो क्षति भएको छ । आगलागिबाट थुप्रै परिवार घरवार विहिन बन्न पुगेका छन् । घटना प्रति विभिन्न सँघ संस्था तथा राजनैतिक दलहरुले दु:ख ब्यात्त गर्दै आवस्क सहयोगमा जुटन अनुरोध गरेका छन् । यसैविच राष्ट्रिय स्वतन्त्र पाटि अर्घाखाँचीले पनि दु:ख ब्यात्त गर्दै सहयोगमा जुट्न सम्वन्ध सबैलाई आग्रह गरेको छ । रास्वपा अर्घाखााँचीका संयोजक हरिप्रसाद भुसालद्धारा हस्ताक्षरित अपिलमा भनिएको छ खुला आकाशमुनि बस्न बाध्य पिडितको पुर्नवासका लागि समेत तत्काल पहल गर्न आग्रह गरिएको छ ।

हिजो अर्घाखाँचीका विभिन्न ठाउँमा भएको आगलागीले २० वटा घर, २३ वटा गोठ, ११ वटा बाख्रा र छ वटा भैँसी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो ।

पाणिनि गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । जिल्लामा आगलागिबाट यस वर्ष पनि ठुलो क्षति भएको छ लामो समयसम्मको खडेरिका कारण आगलागिका घटनाबाट स्थानीयहरु त्रसित भैरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार