२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

मालारानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कडेलको विदाई

अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कडेलको एक कार्यक्रमका बीचमा विदाई गरिएको छ ।

भाद्र १५ गते सरुवा भई आउनुभएका कडेलले झण्डै ८ महिना गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेबारी सम्माल्नुभएको थियो । कडेलले गाँउपालिकामा प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कडेलले अतुलनीय योगदान गर्नुभएको थियो । देख्दा समान्य देखिने कडेलले विकासका सबै सन्दर्भमा सधैं सकारात्मक ढंगले साथ दिएको बताउदै राज्यले दिएको जिम्मेबारी पुरा गर्नु आफ्नो दायित्व भएकोले आफु जुनसुकै जिल्लामा जागिरको शिलशिलामा रहेता पनि सुशासन र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउदै कर्मचारी सरकारको स्थायी सरचना भएकोले राज्यलाई विकास समृद्धि सुशासनको बाटोेमा अगाडि बढाउनको लागि महत्वपुर्ण भुमिका रहने बताउदै गाँउपालिकाको छोटो बसाईमा पनि सेबा प्रबाहलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

कडेल २०७४ साल चैत ७ गते खरिदारबाट सेबा शुरु गरी २०७९ सालमा शाखा अधिकृतको रुपमा मालारानी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएको थियो  अधिकृत कडेलको दाङको बबई गाँउपालिकामा सरुवा भएको छ । प्रमुख प्रशासकीय अधिकृत कडेलको सोमबार जनप्रतिनिधि र कर्मचारीले सयुक्त रुपमा बिदाई गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार