११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

छत्रदेवमा फेरि भयो ग्रामीण अल्ट्रासाउन्ड शुरु

अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकामा यो बर्ष पनि गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्सरे अल्ट्रासाउण्ड सेवा संचालन भएको छ ।

संघिय शसर्त तर्फको आ.व. २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड शुरु गरिएको हाे  ।

साेमबार चिदिका स्वास्थ्य चाैकी र बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा सन्चालन गरिएकोमा जम्मा २२ जना गर्भवती महिलाहरुलाइ सेवा लिएका थिए । यो कार्यक्रम सबै वडा स्तरीय स्वास्थ्य संस्थामा सन्चालन हुने छ र बैशाख १३ गते सम्ममा सम्पन्न गर्ने योजना रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्विराज न्याैपानेले बताउनुभएकाे छ ।

विगतको तुलनामा अत्याधिक महिलाहरु ग्रामीण भिडियो एक्सरे सेवामा सहभागि हुने अपेक्षा समेत रहेको गाउँपालिकाले जनाएको छ । अल्ट्रासाउन्ड गर्नका लागि बुटवलसम्म जाने गर्भवती महिलाहरुका लागि गाउँपालिकामा समेत सेवा लिन सकिन्छ भन्ने बिश्वास दिलाउन समेत यसले सहयोग पुराएको गाउँपालिकाले जनाएको छ ।
ग्रामीण क्षेत्रका सम्पुर्ण गर्भवती आमाको अबस्था र बच्चाको अवस्था कस्तो छ भनि ग्रामीण अल्ट्रासाउन्ड मार्फत जाँच्ने र अवस्था अनुसार नियमीत फलोअपमा ल्याएर गर्भवती अवस्थालाई नियमीत रुपमा स्वास्थ्यचौकिमा जाच्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरीएको स्वास्थ्य शाखाप्रमुख न्याैपाने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार