२२ बैशाख २०८१, शनिबार
२२ बैशाख २०८१, शनिबार

अर्घाखाँचीमा विद्युतीय गाडी दुर्घटना

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

जिल्लाको सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि  हिँडेको लु१ ज ४८७३ नम्बरको विद्युतीय गाडी सितगँगा नगरपालिका–२ सितापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए ।

घाइतेमध्ये कपिलवस्तु शिवराज नगरपालिका–५ निवासी ७० वर्षीय रमा अधिकारीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल पठाएको छ । यस्तै ६ जना घाइतेहरूको स्थानीय थाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिपमा १४ जना सवार रहेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार