१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला भोलिदेखि

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला भोलिदेखि शुरु हुँदैछ । उद्घाटन खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

यस्तै दोस्रो खेल पर्सि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरमै हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जाने कार्यतालिका रहेको छ ।

वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो । यो शृङ्खलाका लागि दुवै टोलीले खेलाडी घोषणा गरिसकेका छन् । नेपाली टोली रोहित पौडेल र वेस्ट इन्डिज ‘ए’ रोस्टन चेसको कप्तानीमा खेल्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार