४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

भूमिकास्थान : आगलागीबाट घरबास गुमाएकाका लागि ८२ वर्षिय भूप प्रसाद बन्जाडेको सहयोग

अर्घाखाँची ।

गत वैशाख ८ गते जिल्लाको भूमिकास्थान नगरपालिका वडा न. ३ र ४ मा आगलागीका कारण घरबास गुमाएका पिडितहरुलाई भूमिकास्थान ४ निवासी ८२ वर्षिय हजुरबुवा भूप प्रसाद बन्जाडेले नगद ५० हजार सहयोग गर्नुभएको छ।

आगालागीमा कुल १५ घरमा क्षति भएको थियो। उहाँले आगलागी क्षेत्रका बस्तीहरू अवलोकन गरी आपतका बेला नआत्तिई एकले अर्कालाई सहयोग गर्नुपर्ने भन्दै पीडितको पीडामा मिलेर मलम लगाउनुपर्छ भनेर सबैलाई सान्त्वना दिँदै पीडितसँग भलाकुसारी समेत गर्नुभएको थियो ।

मानिस विवेकशील सर्वश्रेष्ठ सामाजिक प्राणी भएकाले ऊ जिउँदाको जन्ती र मर्दाको मलामी हुनुपर्छ र परस्परमा सहयोगी भावना हुनुपर्नेमा जोड दिदै पिडितलाई हौसला प्रदान गर्नुभएको थियो ।

समाजमा पार्टीपौवाको निर्माण, खोलानालाको संरक्षण र सामाजिक काममा अग्रसर ८२ वर्षीया बुबा भूप प्रसाद बन्जाडेको समाजसेवाप्रतिको मोह उदाहरणीय छ। यसले अरुलाई पनि समाज र संस्कृतिको संरक्षणका निम्ति प्रेरणा दिएको स्थानीयहरुले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार