२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

B2B Connect २०२४ बुटवलमा सम्पन्न

बुटवल – युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा B2B Connect २०२४ सम्पन्न भएको छ । नेपालमै पहिलो पटक रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाईगर प्यालेस रिर्सोटमा आयोजना भएको हो ।

B2B अर्थात् “व्यवसायद्वारा व्यवसाय संयोग” अर्थात् “व्यवसाय बाट व्यवसाय संयोजन” यो एक व्यापारिक अवस्था हो जसमा दुवै व्यापारीहरू आपसी तत्परतामा आउँदछन्। यसले दुवै व्यापारीहरूको अन्तर्क्रिया, सहयोग, वस्तु-सेवा विनिमय, आदि गर्दछ।यो व्यवसायीहरूलाई नयाँ उत्पाद र सेवाहरूको जानकारी प्राप्त गर्न, व्यापारिक सम्पर्कहरू बढाउन, र उच्च नेटवर्किङको अवसर प्रदान गर्दछ। यसले उनीहरूलाई आफ्नो व्यवसायका लागि नयाँ निर्देशिका र सम्बन्धहरू प्राप्त गर्न पनि सहायक हुन्छ।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका देशभरका शाखाका प्रमुख तथा सबै सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा मुख्य वक्ताको रुपमा कर्पोरेट प्रशिक्षक मान्सी अग्रवालज्युले युवा ब्यापारिक प्रर्वद्धनको लागि युवाहरुमा उद्यमशीलता निपुणता हुनुपर्ने बताएकी थिईन् । उनले अबको युवा भनेको उद्यमशिलतामा जोड दिदै यसको लागि योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताईन । कार्यक्रममा मुख्य बक्ताको रुपमा उत्प्रेरेणात्मक प्रस्तुती दिएकी उनले युवा उद्यमशिलता नै अबको समृद्धिको आधार भएको बताएकी थिईन ।
नेशनल गर्भिनिङ्ग काउन्सीलका एक्जुकेटिभ मेम्बर तथा B2B सत्र सहजकर्ता पभित्रा गौतम ज्युले B2B सत्रमा युवा उद्ध्यमी बीच व्यवसाय बाट व्यवसायको भेटघाट गरेर व्यावसायिक संघर्ष गर्ने, अनुसन्धान गर्ने, र व्यवसायिक संयोजन गर्ने अवसर प्रदान गराउनु भयो । उनले युवा उद्यमीहरु विचमा एक अर्कामा सहकार्य गरेर सोही अनुसार योजना बनाएर जाने हो भने सबै मञ्चका सदस्यहरुको नै आर्थिक उपाजन हुने बताएका थिए ।
सम्मेलनमा चितवन, पोखरा, ललितपुर, नेपालगञ्ज, रुपन्देही लगायतका जिल्लाबाट युवा उद्यमी मञ्चका सदस्य तथा प्रतिनिधीहरुको सहभागीता रहेको आयोजक नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा युवा उद्यमीहरुको विचमा आफ्नो ब्यापार प्रर्वद्धन गर्न बिबिन क्रियाकलाप गराईयेको थियो ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले विगत लामोसमय देखि युवा उद्यमीशिलतामा विभिन्न काम गर्दै आएको छ । यो बर्ष नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले काठमाडौँ बाहिर पहिलो युवा उध्याम्शीलता Bootcamp 2023 र तेसो युवा उद्ध्यमी सम्मेलन 2024, पर्यटन बिकाश गर्न रिट्रीट सम्पन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार