इलाम २ प्रारम्भिक मत परिणाममा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएका थिए। अहिले उनलाई उछिन्दै एमालेका सुहाङ नेम्वाङ अगाडि छन्।
नेम्वाङले अहिलेसम्म ३ हजार २ सय ४९ मत ल्याउँदा नेपाली कांग्रेसका खड्काले २ हजार ४ सय ६९ मत ल्याएका छन्। यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले तेस्रो स्थान कायम गर्दै ७०३ मत ल्याएका छन्।
यस्तै बझाङको प्रदेश सभाको उपनिर्वाचन अन्तर्गत् जारी मतगणनामा नेकपा एमालेका दमन भण्डारीले सुरूदेखि नै अग्रता कायम राखेका छन्।
छबिसपाथिभेरा गाउँपालिकाका ७ वटै वडा र थलारा गाउँपालिका– ९को मतगणना गर्दा एमाले उम्मेदवार भण्डारीले दुई हजार ८७ मत पाएका छन्।
दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले एक हजार ३ सय ७४ मत पाएका छन्। तेस्रो ठाउँमा झरेका नेपाली कांग्रेसका उम्मेदवारी अभिषेक सिंहले भने एक हजार २ सय ९२मत पाएका छन्।