१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

अर्घाखाँची : भूमिकास्थानमा आगलागीमा परि एक बालिकाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीमा परि एक बालिकाको ज्यान गएको छ ।

आज दिउँसो भूमिकास्थान–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभएको छ ।

हजुरबुबा घरबाहिर गएको समयमा आगलागी भएकाले घरभित्र रहेकी नातिनी आगोले जलेर मृत अवस्थामा भेटिएकी थिइन् । यस्तै आगलागीबाट दुई वटा घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् । केहि दिन अगाडि सोहि नगरपालिकामा भएको आगलागिका कारण २० भन्दा धेरे घर गोठ जलेर नष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार