१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

बझाङको प्रदेश सभा उपचुनावमा एमालेका उम्मेदवार निर्वाचित

बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।

एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभएको हो ।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
शनिवार सम्पन्न उपचुनावमा ३० हजार तीन सय ३७ मत खसेको थियो । यहाँ ६१ हजार ७ सय ४८ जना मतदाता थिए । खसेको मतमध्ये ६ सय ३२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

२०७९ मा भएको चुनावमा निर्वाचित हुनु भएका कांग्रेसका पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा निधन भएपछि अहिले यस क्षेत्रमा उपचुनाव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार