१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

आगलागीका कारण अर्घाखाँचीमा घर गोठ जलेर नष्ट

माधव खनाल
१९ वैशाख अर्घाखाँची

गर्मी बढेसङ्गै अर्घाखाँचीमा आगलागीका घटना दिनहु बढिरहेका छन । आगलागिका कारण कैयौ घर गोठ, र पशु चौपाया पनि क्षती भएका छन ।
यस्तै पछिल्लो समय जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग साम्नेगाउँ र प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड न २ को सिमाना बराथाना बासिम्ला दाइहाल्ने सिउडेनी सिद्धाथाना वरिपरिको जङ्गलमा भीषण आगलागी भइरहेको आगलागीको कारण अर्घाखाँची जिल्ला भुमिकास्थान १ साम्नेगाउँ सिउडेनिका टेकबहादुर थापाको घरगोठ र गोठमा रहेका बाख्राहरु त्यस्तै प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड न २ का पितम बहादुर राहुको घरगोठ डोरबहादुर राहुको घरगोठ जलेर नस्ट भएका छन तिब्रगतिमा हावाहुरी चलेकोकारण आगलागि नियन्त्रण गर्न समस्या भएको छ भनी आगलागीले सिउडेनी धपखोला चिउडा गेरुमाटा तिरका बस्तिहरु जोखिम रहेका छन । आगलागी बाट क्षतिको एकिन विवरण आउन बाकी रहेको स्थानीय कुलराज भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार