अर्घाखाँची जिल्ला को पाणिनी गाउँपालिका ३खिदिम ढाब स्थित चिरन राष्काेटिको गोठ चैत्र ३ गते राती १ बजे बिधुत सट भएर आगोलागी भएको थियो ।
आगोलागीबाट गोठ पुर्ण रुपमा नष्ट हुदा गोठमा रहेका ३ वटा भैंसी र ९ वटा बाख्रा पनि जलेर नष्ट भएका थिए ।
सो पश्चात् घरपरिवार को आर्थिक अवस्था बुझ्दा अत्यन्त कमजोर भएको र आर्थिक समस्या आइपरेको जानकारी पाएसँगै पत्रकार तथा सामाजिक अभियानता माधव पौडेलले सामाजिक संजालमार्फत सहयोगको लागि अपिल गरेका थिए ।त्यस पश्चात देश तथा विदेशमा रहनुभएका नेपालीहरुले आफूले सक्दो आर्थिक सहयोग गरेका थिए ।अभियान बाट संकलन भएको रु ३९०९० ( उन्चालीस हजार नब्बे रुपैयाँ ) पिडित परिवारलाइ हस्तान्तरण गरिएको छ ।
पत्रकार पौडेल विगत ७ वर्ष देखि अर्घाखाचीमा रही पत्रकारिता गरिरहेका छन् ।उनले सामाजिक कामसँगै पत्रकारिता समेत गर्दै आएका छन । उनी भन्छन् “मैले यो अभियान चलाएर पीडित परिवारको लागि केहि भए पनि सहयोग मिलेको महसुश गरेको छु ।”