१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीले विद्यालयमा मनायो अक्षय तृतीया पर्व

वैदिक सनातन धर्म सेवा समाज, अर्घाखाँचीको आयोजनामा पाणिनिका विद्यालयमा सातु, सर्वत एवम् प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विद्यार्थीहरुलाइ लक्षित गरि उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

पाणिनि (५ मैदानस्थित कृष्ण माध्यमिक विद्यालय एवम् पाणिनि -७ मा रहेको जनसेवा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई अक्षय तृतीया पर्वको अवसरमा सातु, सर्वत वितरण तथा पूर्वीय संस्कृतिका विषयमा प्रशिक्षित गराउने कार्यक्रम सम्पन्न गरेको सस्थाका महासचिव अनन्तप्रसाद घिमिरेले जानकारी गराउनु भएको छ ।

पाणिनिको कृष्ण माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघ, अभिभावक, विद्यार्थी एवम् विद्यार्थीहरुको उल्लेख्य उपलब्धि रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादबप्रसाद घिमिरेले पूर्वीय संस्कृतिको सरक्षण एवम् सम्बर्द्धनमा वैदिक सनातन धर्म सेवा समाजले गरेका कार्यहरू प्रशंसनीय रहेको र यसखालका कार्यक्रमहरुलाइ निरन्तरता दिँदै जानुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै विद्यालयको तर्फबाट कृष्ण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भक्तबहादुर रेश्मी मगरले हाम्रो पूर्वीय संस्कृति व्यापक रहेको र यसले समाजलाई सही ढंगले डोर्याउन महत्वपूर्ण भूमिका खेलेको हुनाले यस्ता चाडपर्वहरूलाई व्यवस्थित ढंगले मनाउँदै जानुपर्ने बताउनुभयो ।

त्यसैगरी पाणिनी(७ मा रहेको जनसेवा माध्यमिक विद्यालयमा गरिएको उक्त कार्यक्रमको व्यवस्थापन वैदिक सनातन धर्मसेवा समाजका सदस्य माधव बेल्बासे र गोमा बेल्बासेले गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयले गरेको थियो।


कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पौडेल, स्थानीय समाजसेवी महिलाहरू हिमकला घिमिरे, जमुना पाण्डे , छुमकला पौडेल, अमृता बन्जाडे, विद्यालयका शिक्षकहरु शुष्मा न्यौपाने, कमला घिमिरे, जमुना बेल्वासे, सम्झना भुसाल, पवित्रा शुर्यबम्शी, प्रकृति खनाल लगायत्ले कार्यक्रमको लागि ब्यवस्थापकिय र आर्थिक सहयोग गर्नुभएको थियो ।

विद्यालयको शिक्षामा नैतिक, सदाचार एवम् मौलिक परम्परालाई जोड्न सकेमामात्रै विद्यार्थीहरुमा सकारात्मक उर्जा प्राप्त हुनसक्ने र अपेक्षित जनशक्ति उत्पादन गर्न सकिने हुँदा यसप्रकारका कार्यक्रम विद्यालयमै गर्नु आवश्यक रहेको आयोजक सस्थाका महासचिव अनन्तप्रसाद घिमिरेले बताउनुभयो ।

कार्यक्रम वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीका अध्यक्ष चन्द्रमणि घिमिरेको अध्यक्षता ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद घिमिरेको प्रमुख आतिथ्य एवं वैदिक सनातन धर्मसेवा समाजका महासचिव अनन्तप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

यसैविच शिवमदन माध्यमिक विद्यालय पाणिनि ७ सतिनेटामा पनि आज विद्यार्थीलाई सातु वितरण गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका पुर्वअध्यक्ष तथा पुर्व शिक्षक मेगबहादुर गोदारले विद्यार्थीहरुलाई अक्षय तृतियाको अवसरमा सातु वितरण गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार