२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

कटहर कुन कुन बिरामीका लागि फाइदाजनक छ ?

हाम्रो वरिपरि धेरै खालका रूख र बोटबिरुवा छन् । तर ती रूख र बिरुवाहरूबारे हामी पूर्णरुपमा जानकार छैनौँ । हाम्रो वरिपरि औषधीय दृष्टिकोणले निकै प्रभावकारी बोटबिरुवाहरू पनि छन् । तिनै मध्ये एक हो रुख कटहर । कटहरले रक्तचाप, हृदयाघात लगायत धेरै रोग निको पार्ने जनविश्वास पनि छ । मधुमेहका रोगीका लागि पनि यो निकै लाभदायक भएको बताइन्छ ।
कटहर हामी फलका रूपमा खान्छौँ । यसलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ । यो वर्षौभरि हराभरा हुने रुख हो । भुईँ कटहरको सिंगै रुखको औषधीय मूल्य छ । यसको फलमा प्रचुर मात्रामा भिटामिन बी पाइन्छ । ब्लड प्रेसरका बिरामीका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्छ ।
मधुमेहका बिरामीका लागि यो निकै फाइदाजनक छ । तरकारीको रूपमा खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । हृदयघातका बिरामीका लागि पनि यो निकै लाभदायक मानिन्छ । रुख कटहरले शरीरमा कोलेस्ट्रोल बन्न दिँदैन । जसले गर्दा हृदयाघातको सम्भावना कम हुन्छ । यसमा धेरै फाइबर पाइन्छ । जुन पाचनमा निकै फाइदाजनक हुन्छ ।

संकलक :  अशोक बहादुर टण्डन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार