धातिवाङ्ग – रुपन्देहि सम्पर्क समाजको सातौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले पिताम्बर पाण्डेको अध्यक्षतमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नव गठित कार्यसमितिको उपाध्यक्ष गंगा पौडेल,
सचिब हरि प्रसाद घिमिरे, कोषाध्यक्ष सुमन पौडेल र सह सचिवमा तुल्सिराम पौडेल रहनुभएको छ ।
यस्तै सदस्यहरुमा झबिलाल पौडेल, टेकनारायण पौडेल, भविश्वर पौडेल, गिरिराज पौडेल, गौरि पौडेल, राधिका ज्ञवालि (पौडेल ) रहनुभएको छ ।
समाजको प्रेस संयोजकको जिम्मेवारी माधब पौडेल प्राप्त गर्नुभएको छ ।
कार्यक्रम देवि प्रसाद पौडेलको अध्यक्षतामा र जेष्ठ सदस्य
भविश्वर पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
समाजका उपाध्यक्ष नमराज पौडेलले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा पुर्व अध्यक्ष थनेश्वर पौडेलले मन्तव्य राख्दै धातिवाङ्ग र रुपन्देहिलाइ अझ नजिक ल्याउन जोड दिदै समाज सुदृढिकरण गर्दै मितव्ययी र सुमधुर सम्बन्ध सहित धातिवाङ्गमा उत्पादित बस्तुको रुपन्देहिमा ब्यवस्थित बजार सुनिश्चित गर्न सम्पर्क समाजले भुमिका निर्वाह गर्दै सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
यस सातौ अधिवेशनको निर्वाचन मण्डलको संयोजक संस्थाका सल्लाहकार हरि पौडेल, सदस्य जनार्दन पौडेल , शुशिला पौडेल रहनुभएको थियो ।
कार्यक्रमको संचालन निवर्तमान सह सचिब हरि प्रसाद घिमिरे ले गर्नुभएको हो ।