१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

जनसेवा माविमा थपिए लाख भन्दा बढि सहयोग गर्ने २ दाता

पाणिनि गाउँपालिका वडा न. ७ अर्घाखाँचीमा रहेको जनसेवा माध्यमिक विद्यालयमा १ लाख भन्दा बढि सहयोग गर्ने २जना दाताहरु थपिनुभएको छ ।
सोहि विद्यालयका पुर्व शिक्षक तथा पुर्व ब्यवस्थापन समिति अध्यक्ष शेषराज पौडेल र उहाँकि जिवन संगिनि छुमकला पौडेलबाट विद्यालयको शैक्षिक विकास तथा उन्नयनका लागि भन्दै नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गर्नुभएको हो ।
यस्तै पाणिनि ७ झन्द्रेक निवासि टोपलाल बेल्वासे र उहाँकि जिवन संगिनि चन्द्रकला बेल्वासेबाट नगद १ लाख १ हजार १ सय ११ रुपैँया सहयोग गर्नुभएको हो । गहाँहरुले विद्यालयको ३५ औँ वार्षिकोत्सवको अवसरमा बुधवार आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।


सोहि अवसर पारेर स्थानिय मुत्तिराम प्युठानीले रु २५ हजार सहयोग गर्नुभएको छ । यस्तै पाणिनि ७ माझगाउँ निवासि अर्जुन बहादुर थापाले विद्यालयलाई साउण्ड सिस्टम सहयोग गर्नुभएको थियो । विद्यालयले जेठ २ गते बुधवार विविध कार्यक्रम गरि आफ्नो ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ ।

कार्यक्रममा पुर्व शिक्षक , पुर्व विद्यार्थी, सहयोगि तथा चन्दादाताहरुलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार