४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

पाणिनिको वडा न. ७ मा प्रत्येक शनिवार हाटबजार संचालन हुने

पाणिनी गाउँपालिका वडा न . ७ ले स्थानीय स्तरमा उत्पादित कृषि उपज बजारिकरणका लागि  कृयाशिलता देखाएको छ ।

स्थानीय उत्पादनले बजार नपाएर किसान चिन्तित बनेका बेला वडा र अड्गुरी कृषि सहकारीको साझेदारीमा हाटबजार संचालन गर्ने योजना सहित आज कृषि तथा पशुपालन सम्वन्धी बजारिकरण कार्यक्रमको शुभारम्भ गरेको छ ।

वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारीको अध्यक्षतामा सप्पन्न कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिती अर्घाखाँचीका सदस्य कमल प्रसाद घिमिरे रहनुभएको थियो ।

वडाले यश वर्ष देखि प्रत्येक शनिबार स्थानीय हाट बजार संचालन गर्ने र स्थानीय बजारमा खपत नभएको उत्पादन नजिकको बजारमा पुर्याउन सहजीकरण गर्ने त्यसका लागि एकजना सहजकर्ता राख्ने र त्यसका लागि सहकारी र वडा कार्यालयले ब्यवस्थापन गर्ने गरि योजना निर्माण भएको छ ।

कार्यक्रममा वडा सदस्यहरू कल्पना बि. क., प्रेम थापा, बिन्दु घर्ती, वडा सचीव नन्दा भट्टराई, स्थानिय समाजसेवी तुल्सिराम पौडेल, कृषि सहकारिका अध्यक्ष कृष्ण प्रसाद भुसाल, स्थानीय लक्ष्मण न्यौपाने, शंकर न्यौपाने, सुदन न्यौपाने , नेत्र कुवर लगायत कृषकहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कृषकका समस्या समाधान हुँदा ग्रामीण क्षेत्रका अधिकाम्श समस्या समाधान हुने भन्दै किसानको उत्पादन बजारमा पुर्याउन वडाले गरेको पहल सकारात्मक भएको र निरन्तरताका लागि कामना गरेका थिए ।कार्यक्रमको संचालन वडा कृषि प्राविधिक कृष्ण रिजालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार