३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

पत्रकार पौडेल द्वारा सङ्कलित रकम अग्नि पिडित परिवारलाई हस्तान्तरण

न्युज सम्वाददाता

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ३, खिदिम सल्लेना डाडाटोल निवासी मिठी बि. क. को घर, गोठ गत बैशाख ७”गते बनमा लागेको आगो बस्तिमा पस्दा जलेर नस्ट भएको थियो ।
तत पश्चात् घरपरिवारको आर्थिक अवस्था बुझ्दा अत्यन्त कमजोर भएको र आर्थिक समस्या आइपरेको जानकारी पाएसँगै पत्रकार तथा सामाजिक अभियानता माधव पौडेलले सामाजिक संजालमार्फत सहयोगको लागि अपिल गरेका थिए । देश तथा विदेशमा रहेका नेपाली हरुले आर्थिक सहयोग गरेपछी अभियानबाट संकलन भएको रु. ९६ हजार ९ सय ३४ रुपैयाँ पिडित परिवार लाइ हस्तान्तरण गरिएको छ ।उक्त रकम मिठी बि.क.को घर निर्माणमै प्रयोग हुनेछ भने घर यहि जेठ भरीमा बनेर सकिने गरि योजना बनेको छ।

सहयोग रकम पाणिनी पर्यटन समाजका अध्यक्ष झबिन सुनाम , सचिब काशिनाथ बन्जाडे ,वडा न ३ खिदिमका वडा सदस्य हरि प्रसाद बन्जाडे , समाजसेवी सुर्य के सि लगायतको रोहवरमा हस्तान्तरण गरिएको पौडेलले बताएका छन  ।

पत्रकार पौडेल विगत ७ वर्ष देखि पत्रकारिता गर्दै उनले सामाजिक कार्यमा समेत सक्रिय छन । उनी भन्छन्  “मैले यो अभियान चलाएर पीडित परिवार को लागि के हि भए पनि सहयोग मिलेको महसुश गरेको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार