पत्रकार पौडेल द्वारा सङ्कलित रकम अग्नि पिडित परिवारलाई हस्तान्तरण

न्युज सम्वाददाता ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ३, खिदिम सल्लेना डाडाटोल निवासी मिठी बि. क. को घर, गोठ गत बैशाख ७”गते बनमा लागेको आगो बस्तिमा पस्दा जलेर नस्ट भएको थियो ।
तत पश्चात् घरपरिवारको आर्थिक अवस्था बुझ्दा अत्यन्त कमजोर भएको र आर्थिक समस्या आइपरेको जानकारी पाएसँगै पत्रकार तथा सामाजिक अभियानता माधव पौडेलले सामाजिक संजालमार्फत सहयोगको लागि अपिल गरेका थिए । देश तथा विदेशमा रहेका नेपाली हरुले आर्थिक सहयोग गरेपछी अभियानबाट संकलन भएको रु. ९६ हजार ९ सय ३४ रुपैयाँ पिडित परिवार लाइ हस्तान्तरण गरिएको छ ।उक्त रकम मिठी बि.क.को घर निर्माणमै प्रयोग हुनेछ भने घर यहि जेठ भरीमा बनेर सकिने गरि योजना बनेको छ।

सहयोग रकम पाणिनी पर्यटन समाजका अध्यक्ष झबिन सुनाम , सचिब काशिनाथ बन्जाडे ,वडा न ३ खिदिमका वडा सदस्य हरि प्रसाद बन्जाडे , समाजसेवी सुर्य के सि लगायतको रोहवरमा हस्तान्तरण गरिएको पौडेलले बताएका छन  ।

पत्रकार पौडेल विगत ७ वर्ष देखि पत्रकारिता गर्दै उनले सामाजिक कार्यमा समेत सक्रिय छन । उनी भन्छन्  “मैले यो अभियान चलाएर पीडित परिवार को लागि के हि भए पनि सहयोग मिलेको महसुश गरेको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

ताजा समाचार