४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

अर्घाखाँचीबाट बुटवल जादै गरेको एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

बुटवलवको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली छन्। यस्तै बुटवल ११ कै ५५ बर्षिय हरिकला नेपाली र ३५ बर्षिय झुपा ठडराई घाईते छन्।

अर्घाखांचीबाट बिरामी लिएर बुटवल तर्फ आउदै गरेको जिल्ला अस्पताल अर्घाखांचीको लु १ ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै उनीहरुलाई ३ जनालाई ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिव ५ बजे बाटोमा हिडिरहेका उनीहरुलाई एम्वुलेन्सले ठक्कर दिएपछि घाईते भएका थिए।

घाईतेहरुको स्थानीयले उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल पुर्याएकोमा एक जनाको बिहान ५ः ३४ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले बताएको छ।

दुर्घटनाका घाईतेहरुको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। भने दुर्घटनामा सम्लग्न एम्वुलेन्स र चालक अर्घाखांचीको पाणीनी गाउपालिका ७ का नारायण बहादुर गव्तार मगर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार