४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

सामाजिक संजाल मार्फत भाइरल गायिका निर्मलाले ल्याइन मायाको प्रमाण

माधव खनाल
११ जेष्ठ / अर्घाखाँची
सामाजिक संजाल मार्फत भाइरल बनेकी अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग ठुलाखोला निवासी निर्मला नेपालीको पहिलो लोकगित मायाको प्रमाण सार्वजनिक भएको छ ।बबिता श्रेष्ठ ‘मलेकु’द्वारा निर्देशित पछिल्लो भिडियो ‘मायाको प्रमाण’ सार्वजनिक भएको छ । हालै उनले निर्देशन गरेको यो भिडियो रिलिज भएको हो।
बिहिवार मात्रै रिलिज भएको उक्त गितमा राजन बिकको शब्द रचना रहेको छ भने, संगीत महेन्द्र भण्डारीको छ भने अर्जुन कुँवर र निर्मला नेपालीको आवाज रहेको गीतमा मायाप्रेमको विषयमा चर्चा गरिएको छ। एक अर्काले मायाको प्रमाण दिन आग्रह गरेका छन्। माया प्रेमबीचको प्रमाण जुटाउन लागि परेको गितको अभिनय दिपेन्द्रराज गीरी, निर्मला नेपाली, निर्मल भण्डारीको रहेको छ भने उक्त गितको भिडियो जालकाडा म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

उत्तम हुमगाईंले खिचेको भिडियोलाई सम्पादन कल्पेश बिश्वकर्माले गरेका छन्।
सयौ म्युजिक भिडियो निर्देशन गरेकी बबिताले पछिल्लो समय फरक स्वाद पस्किने कोसिस गरेकी छन्। उनी नेपाल म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार