४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

भुमिकास्थान १का अध्यक्ष खनालले जन्मदिनमा गरे अग्निपिडितलाई राहत र सुत्केरीलाई अण्डा बितरण

माधव खनाल /  अर्घाखाँची
अर्घाखाँची जिल्लाको पश्चिमी क्षेत्र भुमिकास्थान नगरपालिका वार्ड न १ का वार्ड अध्यक्ष गोपालप्रसाद खनालले आज आफ्नो जन्मदिनको अवसर पारी गत बैशाख महिनामा आगलागी भएर घरबार बिहिन हुनुभएका भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग साम्नेगाउँ सिउडेनी निवासी अग्नि पिडित टेकबहादुर थापालाइ नगद सहित दुइवटा बाख्रा खाध्यान्न र ग्यासचुलो, बलाङ्केट कम्बल लगायत सामाग्री बुधबार बिहानै अग्नि पिडित थापाको गाउँमै पुगी बितरण गर्नुभएको थियो ।
खनालले आजै ढाकावाङ्ग स्वास्थ्यचौकीमा एक कार्यक्रमका बिच सुत्केरी महिलाहरुको लागि अन्डा समेत बितरण गर्नुभएको छ ।
खनालले आफुले आफ्नो जन्मदिनलाई फजुल खर्च गर्नुको साटो केही फरक तर नमुना सामाजिक रूपमा  दुखी गरिबको लागि हित हुने काम गरि मनाउन पाउनु नै खुसिको अनुभुती भएको बताउनुभयो।
साथै अध्यक्ष खनालले बिगतमा पनि आफ्नो जन्मदिनको अवसर पारी भुमिकास्थान नगरपालिका वार्ड न १ का विभिन्न धार्मिक स्थल मठमन्दिर निर्माणको लागि सहयोग गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार