४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

बुबाको स्मृतिमा विद्यालयमा अक्षयकोष

विद्या विनय आधारभुत विद्यालय सन्धीखर्क नरपालिका वडा नम्बर ६ जगत बोखरका संस्थापक प्रधानाध्यापक स्व.घनश्याम भट्राईको स्मृतिमा विद्यालयमा अक्षकोष स्थापना भएको छ ।
स्व. भट्टराईको स्मृतिमा छोरा राजेश भटट्राई(राजु)ले अक्षयकोष स्थापना गरेका हुन ।
विद्यायका संस्थाप प्रअ रहेका स्व. भट्टराई वि.स. २०३२ असार ३० गते देखि वि.स २०६८माघ १६ सम्म कार्यरत रहेका थिए । भट्टराईको निधन भएको ६ महिनाको पुन्य तिथिमा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो । श्रीमती पार्वता भट्टराई , भाउजु शान्ता भट्टराई , छोरा राजेश भट्टराई लगायतयको पहलमा अक्षयकोष गरिएको हो ।
अक्षयकोष बापतको रकम बुधवार एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक चित्रकला न्यौपानेलाई प्रदान गरिएको अक्षयकोष स्थापनाकर्ता राजेश भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार