२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

डा. कटवालको आगमनले जिल्ला बासिमा खुशी

पेट,छाति,मुटु ,प्रेसर,सुगर र थाइराइड रोग विशेषज्ञ डाक्टर.पवन कटुवालले आर्थिक रूपमा विपन्न बर्गका बिरामीहरूलाइ उचित परामर्श सहित निशुल्क चेक जाँच गर्ने बताउनुभएको छ ।

जिल्लाका सञ्चारकर्मीसङ्ग परिचात्यमक कार्यक्रममा बोल्दै डा. कटबालले यस्तो बताउनुभएको हो । बिगत लामो समयसम्म अर्घाखाँचीका जिल्लाबासीको मन मुटुमा बस्न सफल हुनुभएका डा. कटवालको जिल्लामा आगमनले जिल्लाबासी निकै हर्षित छन् । लामो समय जिल्लाबासीलाई सहुलियत र सहत तरिकाले सेबा दिनु भएका कटवाल अध्ययनको शिलशिलामा काठमाण्डौ गई विशेषज्ञता हासिल गरि पुनः जिल्लाबासीको सेवा गर्ने मनशायले अर्घाखाँची आएको बताउनुभएको हो ।

डा. कटबालले स्वास्थ्य सेबा गरिब दुखि निमुखाको पहुँचमा हुनुपर्छ भन्ने मनशायले सुगम जिल्लामा भन्दा अर्घाखाँची आएको बताउदै अर्घाखाँचीमा रहदा विपिन फार्मेसी र अर्घाखाँची अस्पतालबाट विरामीलाई सहज र सुलभ सेबा प्रदान गर्ने बताउदै भौतिक विकास र शिक्षाको विकासले अर्घाखाँची अगाडि भएता पनि स्वास्थ्य क्षेत्रकोे विकासमा पछाडि रहेको बताउनु भयो ।

अब जिल्लाबासीलाई बुटवल काठमाण्डौमा हुने उपचार आधुनिक प्रविधिबाट आफुले उपलब्ध गराउने बताउदै बिरामीको उपचारमा रमाउनु चिकित्सकको दात्यिब रहेकोले आफु दिन रात नभनी बिरामीको उपचार गर्ने, आफू अब अस्तपाललाई गुणस्तरीय बनाउन लाग  पर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल विपिन फार्मेसीका व्यबस्थापक सुर्य थापा लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार