३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

पाणिनी गाउँपालिकाले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान

अर्घाखाँचीको पाणिनी गाउँपालिकाले पालिका भित्रका सामुदायिक बिधालयका उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अवकास प्राप्त शिक्षकहरुलाई एक कार्यक्रमको आयोजना गरि विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, व्यवस्थापन समितीका पदाधिकारीलाई  सम्मान गरेको छ  ।

कार्यक्रममा बोल्दै पाणिनी गाउँपालिकामा शिक्षा क्षेत्रको सुधार हुदैँ गएकोले र अब तत्काल शिक्षा समिती बनाएर विद्यार्थीको अनुपात हेरेर विद्यालय समायोजनमा लाग्न प्रयासरत रहेको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले जनप्रतिनिधी, कर्मचारी तथा सरोकारवाला निकाय सबैको सहकार्यमा शिक्षा क्षेत्रमा सुधार गर्न सकिने अपेक्षा गाउँपालिकाको रहेको बताउनुभयो ।

गाउँपालिकाका पुर्व अध्यक्ष अच्युत गौतमले शिक्षाको सुधारको लागि पालिकाबाट शिक्षकहरूलाई उर्जा थप्न यस्ता कार्यक्रमको बिशेष महत्व रहने बताउनु भयो ।

विभिन्न विधामा सम्मानित शिक्षक, विद्यार्थीलाई गाउँपालिकाले थप सफलताको शुभकामना दिएको छ ।
कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेको अध्यक्षता, शिक्षा अधिकृत तेजबहादुर खनालको सञ्चालन, शिक्षा शाखाका कर्मचारी विरेन्द्र गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पुर्व उपाध्यक्ष लक्ष्मी गौतम, वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारी, पुर्व व्यवस्थापन समितीको तर्फबाट  दिवाकर घिमिरे, सेवानिवृत्त शिक्षक नन्दलाल विक, जनसेवा माविका शिक्षक गोविन्द पौडेल, विद्यार्थीहरु असिम आचार्य, समिक्षा बेल्वासे लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरु जनप्रतिनिधि तथा पालिकाकाका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाले ३१ जना विद्यार्थी, ४ जना विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, अवकाश प्राप्त शिक्षक ५ जना, उत्कृष्ट शिक्षक तथा कर्मचारी २३ गरी ६३ जनालाई सम्मान गरेको हो ।

बिधालय तर्फ कक्षा ८ र १० मा सरस्वती भवन माध्यमिक बिधालय प्रथम तथा कक्षा १२ मा धौराली माध्यमिक  बिधालय पटौटी प्रथम भएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार