३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

See को नतिजा आज प्रकाशित हुँदै

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म सार्वजनिक गर्ने तयारी छ । हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ ।

गएको चैत १५ देखि २७ गतेसम्म भएको एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था रहेको छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अर्थात ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अथवा १० अङ्क ल्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार