अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका २ डाडाकटेरी निवासी दिपक रावल का १७ वर्षिय छोरा अमित रावल लाई बचाउनको लागि पत्रकार तथा सामाजिक अभियानता माधब पौडेलले सहयोग अभियान मार्फत सङ्कलित रकम घर परिवारलाई हस्तान्तरण गरेका छ्न ।बिगत ढाइ महिना देखि बिरामी रहेका अमित अहिले उपचारको लागि काठमाडौं टिचिङ हस्पिटलमा छ्न उन्को रोक अजै पत्ता लागेको छैन उन्लाइ ५ दिन देखि ICU मा राखी उपचार गरिएको छ।डाक्टर को भनाइ अनुसार उन्को बिमार को प्रकृति हेर्दा १८ देखि २२ दिन सम्म बेहोस अबस्था मै राखी उपचार गर्नु पर्ने बताउँछ । १७ बर्षका अमित श्री हरिहर माबी मा कक्षा ११ मा अध्यन गर्थे ।उहाँ को परिवार मा यो समस्या आएको भन्ने खबर सुने संगै पत्रकार पौडेल ले घरपरिवारको आर्थिक अवस्था बुझ्दा अत्यन्त कमजोर भएको र आर्थिक समस्या आइपरेको जानकार पाएसङै सामाजिक संजालमार्फत सहयोगको लागि अपिल गरेका थिए ।उन्ले असार को ११ गते राती करिब ११ बजे तिर यो अभियान सुरु गरे र असार को १४ गते राती ९ बजे पछि अभियान बन्द गरेका हुन ।उन्ले तीन दिनको अबधिमा यति धेरै सहयोग संकलन गरेका हुन ।
उठेको सहयोग रकम रु ४ लाख १४हजार ३सय ५१ रुपैयाँ अमितको बुवा दिपक रावलको ग्लोबल आइ एम इ बैंकमा रहेको खातामा पठाइएकाे छ ।भने सो भौचर पाणिनी गाउँपालिका २पोखराथोकका वडा अध्यक्ष चन्द्रकान्त पौडेल, पाणिनी गाउँपालिका नि बर्तमान अध्यक्ष अचुत गौतम, प्रहरी चौकी खिदिमका असइ डिल बहादुर राना , समाजसेबी ब्याक्ती माधब गौतम लगायत को रोहोबरमा घर परिवार लाई हस्तान्तरण गरिएको छ।
पत्रकार पौडेल विगत ८ वर्ष देखि पत्रकारिता गर्दै आएका पौडेल सामाजिक कार्यमा समेत सक्रिय छन । उनी भन्छन् “मैले यो अभियान चलाएर पीडित परिवार को लागि के हि भए पनि सहयोग मिलेको महसुश गरेको छु ।”मैले जीवन मा यस्तै दिन दुखी लाई सेवा गर्न पाउ म यसै मा सन्तुष्ट हुनेछु।पत्रकार पौडेल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका उपाध्यक्ष , पाणिनी पत्रकार समाजका उपाध्यक्ष संगै विभिन्न सन्चार माध्यम मार्फत अर्घाखाँचीमा रहि सक्रिय रुपमा पत्रकारिता गर्दै समाजका हरेक मुद्दामा कलम चलाउदै आएका छ्न ।