३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको प्रवक्तामा अर्घाखाँचीका पौडेल मनोनीत

नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको प्रवक्तामा अर्घाखाँची पाणिनि ०६ धातिवाङ्ग निवासी शिवलाल पौडेल मनोनित भएका छन् ।

आज काठमाडौंमा बसेको सचिवालय समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका पौडेललाई प्रवक्तामा मनोनित गरेको हो । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट आचार्य प्रथम बर्ष अध्ययन गर्दै गरेका विद्यार्थी समेत रहेका शिवलाल पौडेल विगत ५ बर्ष देखि परिषद्का विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आएका छन् ।
अर्घाखाँची जिल्ला सदस्य, संगठन सचिव, पाँचौ महाधिवेशनमा केन्द्रीय पार्षद तथा मन्च तथा भोजन व्यवस्थापन समितिको सदस्य सचिव, बागमती, सुदुरपश्चिम, कर्णाली, गण्डकी, मधेस प्रदेशमा निर्वाचन सदस्य र सिन्धुपाल्चोक, ललितपुर, मकवानपुर र काठमाडौँमा निर्वाचन सचिवका रूपमा सफल कार्यसम्पादन गरेका पौडेल नेपाल ज्योतिष परिषद्को कार्यालय सचिवको रुपमा समेत कार्यरत छन् ।
परिषद्ले दिएका हरेक जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्दै आएका पौडेलले आफु प्रवक्तामा मनोनित भएपछि ज्योतिष परिषद्को श्रीवृद्धी र संगठन विस्तारमा महत्त्वपूर्ण भुमिका खेल्दै आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार