२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

कृषिको बिकासले पाणिनि बन्छ नमुना गाउँपालिका

अशोक कुमार टण्डन / अर्घाखाँची 

पाणिनिमा कृषि क्षेत्रको प्रचुर सम्भावना छ । राम्रो निति कार्यक्रम सन्चालन गर्न सके एकै बर्षमा अर्बौको कृषि उपज उत्पादन भै बाहिर जिल्ला बाहिर निर्यात हुन सकिन्छ । सुन्तला, दुध, मासु , तरकारी, खाधान्न, अन्डा, बगुर आदिबाट पाणिनि समृद्धि बन्न सक्छ । हजारौंलाई रोजगार मिल्छ, गाउँ बस्नयोग्य हुन्छ । बार्षिक अर्बौंको आम्दानी गाउँमा आउदा गाउँ छोडेर जानेभन्दा आउनेको सख्ख्या वढी हुन्छ ।

यसको लागि ग्रामीण क्षेत्रमा एक गाउँ एक उत्पादन, अनि कृषि क्षेत्रमा प्रस्सत बजेट बिनियोजन गर्नु पर्छ । प्रत्येक टोलबाट मागमा आधारित कृषि योजना बन्नु पर्छ । पाणिनि कृषिमा उत्पादन पुर्ब उत्पादन पछि उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम तय गरिनुपर्छ ।

मेरो बिचारमा
– कृषिमा ब्याज अनुदान र घुम्ती कोष व्यवस्था गर्ने
-कृषि परियोजनाको निशुल्क बिमा
-कृषी हाटबजार निर्माण गर्ने
-प्रत्येक वार्डमा कृषि संकलन केन्द्र
-उत्पादनको न्युनतम समर्थन मुल्य
-बजारमा अति माग हुने उच्च मुल्य जाने खेती गर्न
प्रोत्साहन गर्ने
-नगरभित्र २ वटा कृषि एम्बुलेन्स ब्यबस्था गर्ने
– दुर्गाफाटमा कृषि मार्ट खोल्ने ( प्राइभेट साझेदारीमा )
-रैथाने बाली प्रबर्द्धन गर्ने
-निशुल्क प्राविधिक सुबिधा
-कुनै गाउँबाट अर्गानिक कृषी उत्पादन सुरु गर्ने
– आइ पि एम कृषक पाठशाला सन्चालन गर्ने कम्तीमा प्रत्येक वार्डमा एक
– खाली रहेको जमिन कृषि क्षेत्रमा प्रयोग हुने गरि नीति बनाउने
– कम्तीमा ५ वटा टोललाई नमुना कृषि गाउँ निर्माण गर्ने आदि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार