२ पुस २०८२, बुधबार
२ पुस २०८२, बुधबार

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले बुझायो पालिकामा ज्ञापनपत्र

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आज शिक्षकका विभिन्न पेशागत माग सम्बोधन गर्न आग्रह गर्दै देशका सबै ७५३ स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ ।

स्थायी, करार , राहत, बाल सहयोगी कार्यकर्ता , बिधालय कर्मचारी लगायतका समस्या शीत सम्वन्धित बिषयहरूको समाधानमा सरकार गम्भीर बन्नुपर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यसैबिच अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पनि आज सङ्गठनले ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष मीन बहादुर थापाको नेतृत्वमा गएको टोलिले गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेलाई शिक्षकका समस्या समाधानका लागि स्थानिय तहबाट् गर्न  सक्ने पहलका लागि कमि नराख्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष न्यौपानेले पालिकाले सक्ने सबै पहल गर्ने बताउनु भएको छ ।

कार्यक्रममा पालिका उपाध्यक्ष नर्मदा पौडेल गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, गाउँपालिका पुर्व अध्यक्ष अच्युत गौतम, वडा न. का अध्यक्ष गुनाखर अधिकारी , शिक्षा शाखा प्रमुख तेजबहादुर खनाल लगायत शिक्षकहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा सङ्गठनका सचिव लक्षमण गौतमले पेशागत मागहरु पढेर यसबारे जानाकारी गराउनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार