अनेम सङ्घ पाणिनि गाउँपालिका कमिटिको चौथो अधिबेसनले टोपकलि कब्दारको अध्यक्षतामा २७ सदस्यिय कमिटि सर्वसम्मत् चयन गरेको छ ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका दुर्गाफाटमा सम्पन्न अधिवेशनबाट नव निर्वाचित पालिका कमिटिको उपाध्यक्षमा पम्फा बि. क., सचिव झुमा परियार, सहसचिव कमला अधिकारि र कोषाध्यक्षमा कल्पना पाण्डे रहनु भएको छ ।
यस अघि आजै सम्पन्न अधिबेसनको उदघाटन सत्र अनेम सङ्घ अध्यक्ष शारदा बस्यालको सभपतित्व् र केन्द्रीय कमिटि सदस्य माया भुसालको प्रमुख आथित्यतामा सम्म्पन्न् भएको हो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य कुट्मदिन अलि ,पुर्व प्रदेश् कमिटि सदस्य जिवनारायण कोइराला लगायत बिषिस्ट अथिति रहनु भएको थियो । यस्तै कार्यक्रममा एमाले प्रदेश् कमिटि सल्लाहाकार जिवलाल घिमिरे ,जिल्ला कमिटि सदस्यहरु, पालिका कमिटी तथा भात्री सङ्गठनका प्रतिनिधि तथा पदाधिकारी लगायतको आथित्यता रहेको थियो ।