४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

पाणिनी ६ ले महिलालाई मादल बजाउँने तालिम दिने

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. ६ वडा कार्यालयले महिलाहरुका लागी मादल बजाउँन सिकाउने भएको छ ।

चालु आर्थिक वर्षको सुरुवात भएसँगै २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिलाहरुलाई नेतृत्व विकास तथा सिपमुलक कार्यक्रम अन्र्तगत वडा भित्रका महिलाहरुलाई मादल बजाउँने तालिम सञ्चालन गर्ने भएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउँनुभयो ।

वडा कार्यालय धातिवाङ्गले एक सुचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक व्यक्तीहरुबाट साविकका वडाहरुमा रहेका आमासमुहबाट निर्णय गराई वडा कार्यालयमा ७ दिनभित्र निवेदन पेश गर्न सार्वजनीक सुचना आव्हान गरेको वडा सचिव राजन महत्राले जानकारी दिनुभयो ।

निवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्र र आमा समुहको निर्णयको प्रतिलिपी पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार