अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेकाे शिवालय मन्दिर दहकुटीकाे साधारणसभा तथा नयाँ नेतृत्व चयन भएको छ ।
मन्दिर व्यस्थापनका लागि व्यवस्थापन समितिकाे अध्यक्षका मनिराम पाैडेल, उपाध्यक्षमा कृष्णप्रसाद पाैडेल, सचिवमा कृष्णप्रसाद पाैडेल, सहसचिवमा कल्पना पाैडेल, काेषाध्यक्षमा जानका पाैडेल सर्वसम्मत चयन भएका छन् । जसकाे सदस्यहरूमा नारायणप्रसाद पाैडेल, तारापति पाैडेल, जयप्रसाद पाैडेल, कविता पाैडेल, जुना पाैडेल, कमला भण्डारी चयन भएकाे निर्वाचन समिति संयाेजक मेघनाथ पाैडेलले जानकारी दिनुभयाे। भेलाले हुमनाथ पाैडेललाई सल्लाहकार समिति सयाेजक, हुमनाथ पाैडेल र मणिराम खत्रीलाई सदस्यमा चयन गरेकाे छ ।
उद्घाटन कार्यक्रममामा पाणिनि गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवास भारतमा रहेका धातिवाङ्ग बासिहरू तथा स्थानीय बासीन्दाहरूकाे सक्रिय सहभागीतामा स्थापना भएकाे शिवालय मन्दिर दहकुटीकाे थप व्यवस्थापनसँगै पुर्वाधार विकासमा वडा कार्यालय प्रतिवद्व भएर लाग्ने बताउँनुभयाे ।
शुभकामना मन्तव्य दिनेहरूमा मणिराम पाैडेल, स्वास्थ्य चाैकी प्रमुख मित्रदेव पाैडेल, काँग्रेस कार्यवाहक सभापति लिलापति पाैडेल, एमाले वडा कमिटि सचिव प्रेमनारायण पाैडेल, धातिवाङ्ग मावि प्रअ हिमलाल पाैडेल, सुर्याेदय आधारभुतका प्रअ घनश्याम पाैडेलले शुभकामना मन्तव्य राख्नुभएको हाे । द्राेसाे अधिवेशन शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनिराम पाैडेलकाे अध्यक्षता, सचिव कृष्णप्रसाद पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।
नवगठित समितिकाे निर्वाचनका लागि मेघनाथ पाैडेल संयाेजक, तारा पाैडेल र बेदराज पाैडेल सदस्य रहेकाे निर्वाचन समिति गठन भएको हाे । साेहि समितिले सर्वसम्मत कार्यसमिति चयन गरेकाे हाे ।