२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

नौमति पन्चेबाजा सहित स्तनपायी आमालाइ सम्मान गर्दै स्तनपान सप्ताह शुभारम्भ

राम कृष्ण कंडेल / गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाले विश्व स्तनपान सप्ताहको सुभारम्भ एक भब्य समारोहका बिच गौडाकोट स्वास्थ्य चौकी बाट गरेको छ ।
“स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता” भन्ने नाराकासाथ विहिबार नौमति पन्चेबाजा सहित स्तनपायी आमालाइ सम्मान गर्दै स्तनपान सप्ताह आरम्भ गरिएको हो। कार्यक्रममा देविस्थान स्वास्थ आमा समूह द्वारा नौ मति पन्चेवजा चेतनामुलक गित नृत्य पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले स्वस्थ नागरिक स्वस्थ र समुन्नत समाज निर्माणको लागि गर्भावस्थामा आमाको पोषण त्यस पछि क्रमस आमा बच्चा दुबैको पोषण महत्पूर्ण हुने बताउदै, छ महिना सम्म बच्चाको सम्पूर्ण षोषण आमाको दुध बाट मात्र सम्भब भएकोले स्तनपान सप्ताह अभियान भएपनि पूर्ण स्तनपान सधै आवस्यक र महत्वपूर्ण रहेको बताउनु भयो ।
कार्यक्रमका बिशेष अतिथी उपाध्यक्ष तारा थापा ढेगा र सामाजिक विकास समिति संयोजक मुकेश थापाले स्तनपान सप्ताह अभियानले सचेतना बृद्धि गर्ने बताउनु भयो । सुखी र समृद्ध गाउँपालिका बनाउन यो अभियान महत्वपूर्ण रहेको बताउनु भयो ।
स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले कार्यक्रमको सहजीकरण गर्दै बच्चालाई छ महिना सम्म आमाको दुध मात्र खुवाउनु पर्ने र दुई बर्षसम्म स्तनपान संगै थप आहार खुवउनु पर्ने बताउनु भयो ।गौडाकोट स्वास्थ्य चौकीबाट शुरु भएको स्तनपान सप्ताह प्रत्येक स्वास्थ्य संस्था तथा स्वास्थ्य आमा समुहको बैठकमा समेत मनाईने अर्यालले बताउनु भयो । गाउँपालिको पहिले कस्तो छ आमा कार्यक्रम र अहिले मेरी आमा स्वस्थ आमा कार्यक्रमले गुल्मीदरबार गाउँपालिकामा पूर्ण स्तनपानमा महत्वपुर्ण भुमिका रहेको पनि बताउनु भयो ।
कार्यक्रमका वडा नं. ३ का अध्यक्ष राम बहादुर थापाले महिला दिदी बहिनीहरुले संचालन गर्ने स्वास्थ्य आमा समुहको बैठकमा सहभागिता जनाई स्वास्थ्य र पोषण लगायतका बिषयको बारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको उच्च योगदान रहेको बताउनु भयो । कार्यक्रममा सम्पुर्ण स्वास्थ्य संस्थाको तर्फ बाट बलिथुम स्वास्थ्य चौकी प्रमुख डिल बहादुर थापा, गुल्मीदरबार गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकी अध्यक्ष लिला थापाले शुभकामना मन्तब्य राख्नु भएको थियो । स्वास्थ्य चौकी प्रमुख रोशन परियारले स्वागत गर्नु भएको थियो भने सिअहेब रोशन जि.सि.ले कार्यक्रम संचालन गर्नु भएको थियो ।
गुल्मी दरबार गाउँपालिकामा, कस्तो छ आमा र मेरी आमा स्वस्थ आमा कार्यक्रम सुरु भएपछि, पूर्ण स्तनपान ९५ प्रतिशत भन्दा माथी पुगेको र यो अन्यत्र भन्दा अधिक भएको बताइएको छ ।कार्यक्रममा भर्खरै गुल्मीदरबार गाउँपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेलाई स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीलाई फेरि भेटौला कार्यक्रम र सुनौला हजार दिनका आमा सम्मान गरिएको थियो । विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने एक उत्सव हो । यो उत्सव १२० भन्दा बढी देशमा अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष आयोजना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार