गुल्मी : पहिरोले घर बगाउँदा ४ जनाको ज्यान गयो

गुल्मीमा पहिरोले घर बगाउँदा ४ जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं १ बिसौनीका बिष्णु बि.क. र हुकुम बि.कको घरमा माथीबाट आएको लेदो सहितको पहिरोले घर पुरिदा थप २ जना घाईते भएका छन ।

घटनामा मृत्यु हुनेमा ६७ वर्षिय हुकुम बि.क उनका छोरा ४६ वर्षिय गोरे बि.क, उनकी बहिनी ६६ वर्षिय मसुरी बि.क, बिष्णु बि.ककी ढाई बर्षिय रियन्सी बि.कको ज्यान गएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ३१ वर्षका बिष्णु बि.क र उनकी श्रीमती २३ वर्षकी मुना बि.कको घाईते अवस्थामा उद्धार गरिएको छ । पहिरोले २ घर र एक गोठ बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार