२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

सूर्यचाैरमा भएको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि

नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ ।

दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट रहेका थिए ।

काठमाण्डौबाट रसुवाकाे स्याप्रुबेसीका लागि दिउँसो १ बजेर ५४ मिनेटमा उडेको  एअर डाइनेस्टीकाे नाइन–एन एजेडी कल साइनकाे हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उज्यालोलाई दिएको जानकारीअनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअ डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार