अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले बिद्यालय शिक्षक तथा कर्मचारी बैंक तयार गर्ने भएको छ ।
एकीकृत परिक्षा प्रणालीबाट शिक्षक तथा कर्मचारी नियुक्ति गर्ने उद्देश्यले र बिद्यालयमा शिक्षकको नियुक्ति ढिलाइबाट बिद्यार्थीको शैक्षिक क्रियाकलापमा असर परेको गुनासो र समस्या समाधान गर्नका लागि यस्तो कार्यबिधी कार्यपालिकाले पास गरे सङ्गै शिक्षक तथा कर्मचारी बैंक तयार गर्न बाटो खुलेको हो ।
यसबाट तत्काल खाली रहेका वा भविष्यमा खाली हुन सक्ने सम्भावित वालबिकास, बिद्यालय सहायक तथा विभिन्न तहका अस्थायी करार तथा राहत कोटामा पदपूर्ति गर्ने योजना सहित बैंक स्थापना गर्न लागिएको गाउँपालिका शिक्षा शाखा प्रमुख तेज बहादुर खनालले जानाकारी दिनुभएको छ ।
गाउँपालिकाका बिद्यालयमा रिक्त हुने शिक्षक, कर्मचारीको एकीकृत परिक्षा प्रणालीबाट शिक्षक, कर्मचारी बैंक नाम दिइएको उक्त कार्यविधिले तोकेको पाठ्यक्रम र अन्य शिक्षक पदको लागि शिक्षक सेवा आयोगले तोकेको पाठ्यक्रमको अधिनमा रहि परीक्षा गर्ने र करार शुचि सार्वजनिक गरि सोका आधारमा रिक्त स्थानमा शिक्षक नियुक्ति गरि नियुक्ति दिएपछि नेपाल सरकारको नियमानुसार सेवा सुविधा दिने गरि पालिकाले सुचना समेत जारी गरिसकेको छ ।
श्रावण २३ गते जारी सुचनामा योग्य उमेदवारले भाद्र ५ गते कार्यालय समय भित्र तोकिएको ढाचाको फारम भरी कार्यलयमा निवेदन दिन सक्ने उल्लेख गरिएको छ ।
पालिकाको यो कार्यबाट बिद्यालयमा हुन सक्ने सम्भावित शिक्षकको अभाव र शैक्षिक क्षती न्युनिकरणमा समेत कमि हुने आशा सरोकारवालाहरुले गरेका छन । शिक्षक, कर्मचारी नियुक्ति लाई छिटो छरीतो सहज र वस्तुनिष्ठ बनाउन यो कार्यविधिले सहज बनाउने अपेक्षा समेत पालिकाले गरेको छ ।