शोभाखर पन्थी / अर्घाखाँची
परियार सेवा समाजका केन्द्रीय संयोजक डि.वी. परियारले राज्यका हरेक निकायमा जनसंख्याको आधारमा दलितहरुको समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने बताउनु भएको छ ।
परियार सेवा समाज अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उहाँले संविधानमा समावेसी र समानुपातिकको व्यवस्था गरिएको भएपनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको गुनासो गर्नु भयो ।
मुलुकको राजनीतिक परिवर्तनमा परियार समुदायको ठूलो योगदान रहेको स्मरण गराउँदै उहाँले गणतन्त्रको स्थापना पछि पनि परियार समाजका समस्या जस्ताको तस्तै रहेको वताउनु भयो । नेपालको एकीकरणमा अतुलनीय योगदान पुर्याउने वीसे नगर्जी,धार्ने सार्की,मोणीराम गाईने दलित भएकै कारण गुमनाम भएको भन्दै उहाँहरुको ईतिहास खोजेर लेख्न पत्रकारलाई आग्रह गर्नु भयो । संयोजक परियारले आफूहरु दलित भित्रको पनि दलित भएको बताउनु भयो । दलित आन्दोलन बाट मात्रै आफ्ना समस्याहरु समाधान हुन नसक्ने भएकाले छुट्टै संगठन बनाएर परियारहरु सशक्त रुपमा अगाडि बढेको उहाँको भनाई थियो । उहाँले आफुहरुले बिश्वास गरेर पठाएका दलित अगुवाहरुले प्रभावकारी ढंगले काम गर्न नसकेको बताउँदै परियार सेवा समाज मार्फत दलित समुदायका समग्र समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
परियार सेवा समाजका जिल्ला अध्यक्ष रमेश परियारको अध्यक्षता र अवुवा नेता विष्णु परियारको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै परियार सेवा समाजका पूर्व वरिष्ठ उपाध्यक्ष खड्क दर्नालले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक ,सामाजिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको बताउँदै संपूर्ण दलित समुदाय एकजुट भएर अधिकार प्रप्तिको निम्ति अगाडि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा परियार सेवा समाजका नेताहरु अन्जान गौतम ,रामबहादुर परियार,जङ्ग परियार,रुद्र परियार,मनिराम परियार,पत्रकार महासंघका अध्यक्ष असोक खनाल,पुर्व अध्यक्ष शोभाखर पन्थी,पत्रकार अनिल नेपाली,रुद्रमणी खनाल,श्यामप्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।
राज्यका हरेक निकायमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ: डि.वी. परियार
तपाईको प्रतिक्रिया