भिम बिश्वकर्मा / अर्घाखाँची । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले एक कार्यक्रमलाई सम्बोधन गर्दै एकभन्दा बढी काम गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
पाणिनी गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले यस्तो बताउनु भएको हो । न्यौपानेले स्वास्थ्य क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने भन्दै सबैले सहयोग गरे मात्र स्वास्थ्य क्षेत्रमा सिंगो गाउँले विकास देख्ने उल्लेख गर्नुभएको छ । आपसी सहयोग र एकता हुनेछ भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या अहिले पनि यथावत रहेको भन्दै समाधानका लागि थप पहल गरिने बताउनुभयो । उहाँले भन्नुभयो , ‘यहाँको प्रस्तुति हेरौँ, विभिन्न समस्या छन्, यो समस्या समाधान गर्न सबैको सहयोग आवश्यक छ । पहल गरौं ।”
अध्यक्ष न्यौपानेले वडाहरूले दिएको जनसङ्ख्या तथ्याङ्कमा भएका कमजोरी हटाउन महिला स्वास्थ्य स्वयंसेविका सञ्चालनमार्फत वास्तविक तथ्याङ्क सङ्कलन गर्नुपर्ने बताउनुभयो ।
,पाणिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले आवश्यक नीति तर्जुमा गर्न र कार्यान्वयन गर्न कर्मचारीलाई र जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
पाणिनी गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत न्यौपानेले सो कुरा बताउनुभएको हो । स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाव दिँदै उहाँले भन्नुभयो , ‘तपाईं जनप्रतिनिधिले आफ्नो सपनाअनुसार नीति बनाउनुपर्छ, त्यसलाई कार्यान्वयन गर्न हाम्रा कर्मचारी तयार छन् । उहाँले स्वास्थ्य र शिक्षाको व्यवस्था नाफा नोक्सानको खर्च नभएर नागरिकको जीवनस्तर सुधार्ने खर्च भएको उल्लेख गर्नुभयो ।
न्यौपानेले पालिकलाई समृद्ध बनाउन भौतिक विकासमा मात्र नभई मानव विकासमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यको विकासबिना मानव विकास असम्भव रहेको भन्दै आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘सबैभन्दा पहिले आफ्नो खानपिनमा ध्यान दिनुपर्छ, योग र ध्यान गर्नुपर्छ, त्यसले पनि काम नलाग्ने हो भने औषधिको उपचारबाट बच्नुपर्छ भन्नू भएको छ । साथै उहाँले कुरा भन्दा राम्रो काम गर्न सुझाव दिनुभएको छ ।