नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीद्वारा आयोजित तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

 नेकपा (एमाले ) जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी,  जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, नेकपा एमाले जिल्ला उपाध्यक्ष सहित पदाधिकारी , सदस्यहरु, संगठन  निकट कर्मचारीहरु  कर्मचारी युनियनका प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ  लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम नेपाल निजामती कर्मचारी   संगठनका उपाध्यक्ष  तुलसा श्रेष्ठको अध्यक्षता जिल्ला अध्यक्ष गणेश भन्डारी  स्वागत मन्तव्य तथा जिल्ला सदस्य अनिता बिकको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा हिन्दु नेपाली महिलाहरूको साम्सकृतिक पर्व हरितालिका तिजको शुभकामना आदानप्रदान गर्दै हर्ष उल्लास गरिएको थियो । मन्तव्य राख्ने बक्ताहरुले सम्पुर्ण नेपालिहरुको खुशीका लागि शुभकामना प्रदान गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला परियार
लेखकको बारेमा

कमला परियार

परियार पाणिनि न्युज डट कमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार